सामाजिक सञ्जाल

बालबालिकाको गोपनियता कायम नगरेको भन्दै टिकटकलाई दुई अर्ब बढी जरिवाना

Banner

लन्डन, चैत २२

बेलायती डेटा नियामकले टिकटकलाई दुई अर्ब ९ करोड रूपैयाँ जरिवाना घोषणा गरेको छ।

बालबालिकाको व्यक्तिगत डेटा दुरुपयोग गरेको भन्दै बेलायती सरकारले कम्पनीलाई दुई अर्ब ९८ करोड रुपैयाँ ९१५।९ मिलियन डलर० जरिवाना गरेको सिएनएन बिजनेसमा उल्लेख गरिएको छ।

सिएनएनका अनुसार बालबालिकाको गोपनियता कायम नगर्नुका साथै कम्पनीले अन्य डेटा सुरक्षाका कानुनहरूको उल्लंघन गरेको छ।

सन् २०२० मा टिकटकले बेलायतका १० लाख बढी १३ वर्ष मुनिका बालबालिकाहरूलाई टिकटक प्रयोग गर्न दिएको बेलायती सूचना आयुक्तको कार्यालयको अनुमान छ। यसो हो भने कम्पनीले आफ्नो नियम आफै उल्लंघन गरेको हो।

सूचना आयुक्त कार्यालयका अनुसार टिकटकले आफ्नो प्लेटफर्म कसले प्रयोग गरिरहेको छ भनेर जाँच गर्न पर्याप्त काम गर्न सकेन। १३ वर्ष मुनिका बालबालिकाको खाता प्लेटफर्मबाट हटाउन कम्पनी असमर्थ भएको कार्यालयको भनाइ छ।

टिकटकका अनुसार भने कम्पनीले यी विषयहरूलाई ध्यानमा राख्दै आवश्यक कारबाही गरिरहेको छ। यसले बेलायती सूचना आयुक्त कार्यालयको अध्ययन र आरोपलाई नकारेका छन‍्।

अमेरिकी, बेलायत, क्यानडालगायत पश्चिमा मुलुकले सुरक्षा विषयलाई ध्यानमा राख्दै सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध गरेको छ। मंगलबार मात्रै अष्ट्रेलियन सरकारले पनि संघीय सरकारको स्वामित्वमा रहेका सबै प्रकारका उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाएको छ।

टिकटकले प्रयोगकर्ताहरूको व्यक्तिगत विवरण संकलन गर्ने आरोप लाग्दै आएको छ। यसलाई कम्पनीले भने अस्वीकार गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>