अन्तर्राष्ट्रिय
ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ?
०

काठमाडौँ, चैत १७
के तपाईंलाई थाहा छ ट्विटरमा सबैभन्दा धेरै फलोअर्स कसको छ ?
सङ्केत – तपाईंलाई उनको नाम थाहा छ ।
ट्विटरका मालिक एलन मस्कका अहिले ट्विटरमा सबैभन्दा धेरै फलोअर्स छन् ।
एलन मस्कको ट्विटरमा १३३१ मिलियन अर्थात १३ करोड ३१ लाखभन्दा बढी फलोअर्स छन् ।
नयाँ बढेका फलोअर्सका कारण एलन मस्कले पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई पछि पारेका छन् ।
समाचार लेख्दासम्म बराक ओबामाको ट्विटरमा १३३ मिलियन फलोअर्स थिए ।
एलन मस्कले गत वर्ष अक्टोबर महिनामा ट्विटर किनेका थिए, त्यसपछि ट्विटरमा धेरै परिवर्तनहरू देखिएका छन् ।
जसमा सिइओ पराग अग्रवाल लगायत हजारौँ व्यक्तिलाई बर्खास्त गर्नेदेखि लिएर ‘ब्लु टिक’ नामक एकाउन्टको प्रमाणीकरण दिने गरी पैसा लिने जस्ता नियमहरू समावेश छन् । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>