मनोरञ्जन
सौगात र सृष्टिको ‘ब्रेकअप’,भन्छन्ः सहमतिमै अलग भयौं
०

काठमाडौं,चैत १६-
अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठबीचको सात वर्ष लामो सम्बन्धमा दरार आएको छ । संचारकर्मीसंग कुरा गर्दै सौगातले सहमतिमै आफूहरु अलग हुने बाटोमा अघि बढेको बताएका छन् । सृष्टि चाहिं आराम गर्न भन्दै यतिबेला लण्डनमा परिवारसँग छिन् ।
‘काममा फोकस हुनुपर्ने समयमा हामी एकापसमा धेरै इन्गेज भयौं । हाम्रो कुरै भएको हो,’ सौगातले भने, ‘मलाई यसमा अहिले हतार छैन, हेर्दाखेरि उसलाई पनि हतार देखिएन । काममा फोकस गरौं भन्ने हो ।’ केही महिनाअघि उनीहरुले यसै वर्ष विवाह गर्ने तयारी समेत भइरहेको बताएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>