सूचना-प्रविधि

एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने

Banner

काठमाडौँ, चैत्र ११-

एनआईसी एशिया बैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ । बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार रातिदेखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।

‘यस बैंकको कार्ड सेवा ९डेबिट, क्रेडिट प्रिपेड० को स्विच अपग्रेशन र माइग्रेशन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>