समाज
सामान्यभन्दा स्मार्ट मोबाइल फोन प्रयोगकर्ता बढी
०

काठमाडौं, चैत १०-
नेपालको ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको प्रयोग हुने गरेको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालको ७२.९४ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोन प्रयोग भएको पाइएको हो।
यसबाहेक ७३.१५ प्रतिशत परिवारमा साधारण मोबाइल फोन रहेको तथ्यांकले देखाउँछ। त्यस्तै नेपालका ३७.७२ प्रतिशत परिवारले इन्टरनेट प्रयोग गरिरहेका छन्।
नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ। राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>