मनोरञ्जन
विज्ञापनमा भएको त्रुटि स्वीका गर्दै करिश्माले दिइन् प्रष्टीकरण
०

काठमाडौं, चैत ९-
आफूले अभिनय गरेको विज्ञापन विवादमा तानिएपछि अभिनेत्री करिश्मा मानन्धरले यसबारे प्रष्टीकरण दिएकी छन् । उक्त विज्ञापनमा सुधार हुने आशा राख्दै उनले त्रुटि स्वीकारेकी छन् ।
करिश्मा लेख्छिन्, ‘कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन । त्रुटि मानिसबाटै हुने हो । प्रचारको काममा उपस्थित रहने भएपनि प्रचारको निर्माण सामग्रीमा मेरो हात हुँदैन ।’
प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताउँदै करिश्माले आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिएकोमा धन्यवाद दिएकी छन् । उनले विज्ञापन बनाउने क्रममा सुझाव दिन सकिने तर निर्माण पक्षले त्यसलाई स्वीकार्न र अस्वीकार गर्न पनि सक्ने भन्दै आफ्नो काम भनेअनुसार गर्नु रहेको बताएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>