मनोरञ्जन
निर्देशक सिमोस र अभिनेत्री प्रियंकाको नयाँ टेलिभिजन रियालिटी शो आउँदै
०

काठमाडौं, चैत ८
फिल्म निर्देशक सिमोस सुनुवार र अभिनेत्री प्रियंका कार्कीले टेलिभिजन रियालिटी शोका ल्याउने भएका छन् । उनीहरुले रियालिटी शोका ल्याउन विषयमा सहकार्य पनि गरिसकेका हुन् । निर्देशक सुनुवारले आफूहरुबीच हिजो (मंगलबार) नयाँ शो ल्याउनेबारे सम्झौता भएको जानकारी दिए ।
वेब–सिरिज ‘जस्ट एनदर लभस्टोरी’पछि यी दुईबीच सहकार्य हुन लागेको हो । केही दिनमा नयाँ शो घोषणाको तयारी भएको छ । ‘यसबारे विस्तृत केही दिनमा घोषणा हुनेछ,’ सुनुवारले भने, ‘हामीबीच सहकार्य पक्का भएको छ र नयाँ इभेन्चरलाई लिएर उत्साहित छौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























