Breaking News

चितवन–२ को उपनिर्वाचनका लागि उमेश श्रेष्ठसहित कांग्रेसबाट ११ जना सिफारिस

Banner

चितवन, चैत ६

आगामी वैशाख १० मा हुने चितवन–२ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसले ११ जनाको नाम सिफारिस गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनका उम्मेदवार रहेका उमेश श्रेष्ठसहित ११ जनाको नाम सिफारिस गरेर केन्दमा पठाउने निर्णय गरेको हो ।

हिजो सम्पन्न बैठकले चितवन–२ का लागि सिफारिस भएका उमेदवारहरुमा देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, उमेश श्रेष्ठ, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>