Breaking News
मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आउने
०
चितवन, चैत ५-
वैशाख १ गतेबाट नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले दिएको जानकारी अनुसार २०८० वैशाख १ गतेबाट केवलकार सञ्चालनको तयारी गरिएको हो ।
उनले गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जान आउनका लागि केवलकार निर्माणको अन्तिम चरणमा पुगेको बताए । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अष्ट्रेलियन कम्पनीले नै ५० करोड रूपैयाँको लागतमा मौलाकाली केबलकार निर्माणको काम गरिरहेको छ ।
केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केवलकारका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी सालका सहित एक हजार ३८ रूख काटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>