चितवन विशेष

चितवन बन्यो ‘छक्कापञ्जा ४’ को दोस्रो ठूलो फिल्म बजार, देशभरको कमाई १० करोड भन्दा बढी

Banner

चितवन, फागुन २९-

‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ताहन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । प्रदर्शनको १० दिनसम्म हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’ले आक्रामक कमाइ गरेको हो ।

रोचक कुरा के छ भने छक्कापञ्जा ४ को व्यापार हेर्दा काठमाडौंपछि चितवन दोस्रो ठूलो फिल्म बजार बनेको छ । चितवनमा मात्रै फिल्मको कमाइ करोडभन्दा बढी छ । दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा दुई अंकको कमाइ गर्ने चौथो फिल्म हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>