बलिउड/हलिउड

सेलेना गोमेज र जेन मलिकबीच अफेयरको चर्चा

Banner

काठमाडौं, फागुन २६-

विश्व संगीतका दुई चर्चित अनुहारहरु जेन मलिक र सेलेना गोमेजले सांगीतिक सहकार्य गर्ने भएका छन् । इन्स्टाग्राममा एकले अर्कोलाई फलो गरेसँगै यी दुईले सहकार्य गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । मार्च ८ मा सेलेनालाई फलो गर्दै मलिकले यी दुईबीच सम्भावित टिमअपको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मलिकको हालैको गतिविधिले इन्स्टाग्राममा चर्चा बटुलेको छ । ‘टु बिगिन अगेन’ गायकले हालै इन्स्टाग्राममा पूर्वप्रेमिका सेलेनालाई फलो गरेका हुन् । मलिकले उनलाई इन्स्टाग्राममा फलो मात्र गरेनन्, सेलेनाकी आमा त्रिशा मलिकले पनि गायकलाई फलो गरेको देखिएको छ । ‘पिलो टक’ गायकले इन्स्टाग्राममा सेलेनासहित १८ जनालाई मात्र फलो गरेका छन् ।

गोमेज र मलिकले सम्भवतः आगामी प्रोजेक्टको लागि सँगै काम गर्ने खबर बाहिरिएपछि फ्यानबीच खुसी छाएको छ । कतिपयले यी दुईबीच नयाँ लभ अफेयर सुरु भएको हुन सक्ने अड्कल काटेका छन् । फ्यानले यो टिमअपलाई लिएर विभिन्न टिप्पणी गरिरहेका छन् । नेपालसहित विश्वभर सेलेना र मलिकका फ्यानहरु छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>