मनोरञ्जन

अनमोलको अहिलेसम्मकै नचलेको फिल्म बन्यो ‘छड्के २’

Banner

काठमाडौं, फागुन २४-

अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ। अनमोलको छैटौं दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो।

यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा उतारेको हो। अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक(एक शो उपलब्ध गराएको छ।

‘छड्के २ को कमाइ निकै कमजोर छ। यो अनमोलको अहिलेसम्म कै नचलेको फिल्म हो। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म छड्केमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>