Breaking News

नेता शेखर कोइरालाले आन्तरिक विवादमा कुटिएका नेविसंघ नेता रिमाललाई भेटे

Banner

काठमाडौं, फागुन २१-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आन्तरिक विवादका क्रममा कुटिपिट हुँदा घाइते भएङ्का नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेटेका छन् । गत बिहीबार संस्थापन पक्षको कुटपिटबाट घाइते भएका रिमाललाई नेता कोइरालाले स्टार अस्पताल पुगेर स्वास्थ अवस्थाको जानकारी लिएका हुन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचनका लागि दुई पक्षले प्रतिनिधि खटाएको विवाद मिलाउन बसेको छलफलमा कुटपिट भएको थियो ।

नेविसंघ अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराई तोकेका थिए । नेता शेखर कोइराला पक्षधरले प्रवीण कैनीलाई प्रतिनिधि बनाएको थियो । दुई पक्षबाट केन्द्रीय प्रतिनिधि हुँदा विवाद बढ्यो । त्यही विवाद मिलाउन बसेको बैठकमा रिमाल कुटिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>