मनोरञ्जन

राजनीतिमा आएर परिवर्तन हुने सम्भावना देखें भने म पक्कै आउँछुः मनिषा कोइराला

Banner

काठमाडौं, फागुन १७-

अभिनेत्री मनिषा कोइराला पछिल्लो समय हीरामण्डीबाट चर्चा बटुलेकी छन् । । यस सिरिजमा मनिषा शीर्ष भूमिकामा छिन् । दुई साताअघि काठमाडौंमा आइपुगेकी मनिषाले केही अन्तर्वार्ता दिन भ्याइन्, जहाँ उनले राजनीतिबारे आफ्नो दृष्टिकोण र अन्य केही तयारीबारे खुलाएकी छन् ।

नेपाली राजनीतिमा आउनसक्ने अड्कलबाजी चलिरहेको बेला मनिषाले त्यसतर्फ संकेत गरेकी छन् । भूपेन्द्र खड्का पडकास्टसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘राजनीतिमा आएर परिवर्तन हुने सम्भावना देखें भने म पक्कै आउँछु । सायद, सही सामाजिक कार्यमा काम गर्नुपर्छ कि भन्ने सोचेकी छु ।’

राजनीतिसँग बसेपनि र राजनीतिलाई बुझ्दा–बुझ्दै पनि आफ्नो राजनीतिक दिमाग नभएको स्वीकारोक्ती चाहिं उनको छ । भन्छिन्, ‘दुर्भाग्यवश, राजनीतिलाई बुझ्दाबुझ्दै पनि मेरो पोलिटिकल माइण्ड भएन । राजनीतिभन्दा पनि अध्यात्मतिर छ ।’ उनले राजनीतिभन्दा पनि सामाजिक सेवातर्फ आफू लाग्ने संकेत दिएकी छन् । तर हजुरबुवा समेत रहेका कांग्रेस संस्थापक बीपी कोइरालाको सपना पूरा भएको हेर्न चाहेको उनले बताएकी छन् ।

यसैबीच, आफूले काठमाडौंमा अर्गानिक फार्म सञ्चालन गर्न लागेको समेत मनिषाले बताएकी छन् । ‘मलाई नेचर चाहिन्छ । काठमाडौं आउँदा मलाई सेन्स अफ जोय महसुस हुन्छ । आधा घण्टामा म बुढानीलकण्ठ जगिङमा जान सक्छु । साइक्लिङ गर्न सक्छु । मुख्य कारण प्रकृति हो । मलाई ट्रेकिङ गर्न र नेचरसँग नजिक हुन मन लाग्छ ।’

मानिसका लागि प्रेम जरुरी भएको भन्दै मनिषाले प्रेमले सबैलाई जोड्न सक्ने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>