मनोरञ्जन
अभिनेता पल शाह काठमाडौं आउने प्रतीक्षामा त्रिभुवन विमानस्थलमा भिडभाड बढ्यो
०

काठमाडौं फागुन १६-
अभिनेता पल शाह काठमाडौं आउने प्रतीक्षामा त्रिभुवन विमानस्थलमा भिडभाड बढेको छ । हिजो (सोमबार) जेलबाट छुटेका पल शाह आज पोखराबाट काठमाडौं आउन लाग्दा अत्यधिक संख्यामा पलका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिड लाग्दा एयरपोर्ट बाहिरको वातावरण भिडभाड बढेको हो ।
उनी त्रिभुवन विमानस्थलबाट बाहिरिएको दृष्य कैद गर्न सयौँको संख्यामा युट्युवर र सञ्चारकर्मीको उपस्थिति छ ।
युट्यूबरहरुले पल शाहलाई चिन्ने जोकोहीसँग अन्तरवार्ता लिन क्यामरा तेस्र्याउँदा यात्रुको आवागमनमा समेत अवरोध पुगेको थियो । केहीबेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बससमेत अवरुद्ध भयो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























