बलिउड/हलिउड

कति पुग्यो पठानको कमाई ?

Banner

मुम्बई, फागुन १६-

शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।

गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखको सहित दीपिका पादुकोण, जोन अब्राहमलगायत छन् । झन्डै ४ वर्ष पछि फर्केका शाहरुखलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले बलिउडलाई दिएको दबाबलाई पनि यो फिल्मले राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल समेत बन्ने भएको छ । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>