मनोरञ्जन

डिभोर्स टुंग्यसँगै चौथो श्रीमती शिल्पाले जितिन् छविविरुद्धको मुद्दा

Banner

काठमाडौं, फागुन १५-

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको हो । अदालतले उनीहरुको डिभोर्स पनि टुंग्याएको छ ।

रेखा थापासँग डिभोर्सपछि छविले चौथो श्रीमतीका रूपमा शिल्पालाई भित्र्याएका थिए । तर, आपसी विवादका कारण उनीहरूको वैवाहिक जीवन लामो समय टिक्न सकेन ।

शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा हिजो फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति उनले आधा पाउने फैसला गरेको हो । शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने अदालतको फैसला छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>