मनोरञ्जन
नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन
०

काठमाडौँ, फागुन ११-
नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ । उहाँको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो।
नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिक्नु भएको थियो।
उहाँले गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गर्नु भएको छ । सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत हुनुहुन्थ्यो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























