Breaking News

राष्ट्रपतिको उम्मेदवार बन्न माधव नेपाललाई केपी ओलीको प्रस्ताव

Banner

काठमाडौं, फागुन, ८–

पानी बाराबारको अवस्थामा पुगेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष नेपाललाई ओलीले राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच आइतबार भएको भेटले राजनीतिक दलहरुमा तरंग छाएको छ । आइतबार दिउँसो महाराजगन्जमा दुई दलका अध्यक्षबीच भेट भएको स्रोतले बताएको छ। एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत ओलीको सोही प्रस्ताव रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>