Breaking News

आफ्नै कमजोरीले सत्ता नेतृत्व गुमे पनि राष्ट्रपति कांग्रेसबाटै भएको समाचार सुन्न पाउनुहुन्छः महामन्त्री शर्मा

Banner

सुर्खेत, फागुन ७-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन्।

आइतबार सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकोले आफूहरूले उठाएको उम्मेदवार राष्ट्रपति हुने बताए।

‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता गुम्यो, यसमा कसैलाई दोष दिनु छैन,’ शर्माले भने, ‘यही फागुन २५ गते राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ, त्यहाँ कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईंहरुले सुन्न पाउनुहुनेछ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>