Breaking News

भोलिदेखि लाइसेन्स परीक्षामा बागमती प्रदेशमा नयाँ मापदण्ड, चितवनमा लाइसेन्स वितरण अझै बाँकी

Banner

काठमाडौँ, फागुन १-

बागमती प्रदेशले भोलि फागुन २ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी देवराज चौलागाईंका अनुसार भोलिदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुने भएको हो ।

आजबाट नयाँ व्यवस्था अनुसार परीक्षा सञ्चालन गर्ने भएपनि सार्वजनिक बिदाको कारण भोलिबाट अनिवार्य रूपमा नयाँ व्यवस्था अनुसार परिक्षा सञ्चालन हुने उनले जानकारी दिए ।

उनका अनुसार हाल बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ वटा यातायात व्यवस्था कार्यालयले दैनिक पाँच हजार पाँच सयदेखि ६ हजार जनाको ट्रायल लिँदै आएको छ। चितवनको कार्यलयबाट भने लाइसेन्स वितरण काम हुन बाँकी नै छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>