मनोरञ्जन

महोत्सवपछि हलमा ‘हल्कारा’

Banner

काठमाडौँ, फागुन १–

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ ।

निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन्।

“गाउँमा चिठ्ठी प¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेका छौँ”, निर्देशक सापकोटाले भने, “सत्यकथा प्रेरित भएता पनि मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने गरिएको छ ।” यसमा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गरेका छन् । यसमा उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनयसमेत रहेको छ ।

‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिवल’मा उत्कृष्ट घोषित भएको थियो भने अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए।

यस्तै, नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको यो चलचित्र अन्य महोत्सवमा समेत छनोट भएको थियो । यसअगाडि कालोपोथी, सेतो सूर्यलगायतका चलचित्रसमेत अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएपछि मात्र प्रदर्शन भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>