मनोरञ्जन

‘ह्यारीकी प्यारी’ ले गर्‍यो अधिकांश हल फुल, परिवारसहित फिल्म हेर्न जानेको संख्या धेरै

Banner

काठमाडौँ, माघ २९-

माघ २० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्यारीकी प्यारी’ ले दोस्रो साताको शनिबार दर्शकको साथ पाएको छ।

वर्ड अफ माउथको सकारात्मक प्रभावले दोस्रो शनिबार दर्शकको साथ पाएको फिल्मका अभिनेता जितु नेपालले बताए।

उनका अनुसार लबिम मल, वान सिनेमाज, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका हलले हाउसफुल व्यापार गरेका छन्। अन्य हलमा पनि दर्शकको राम्रो उपस्थित थियो।

‘सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएपनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। शनिबार अधिकांश हलले हाउसफुलको व्यापार गरेको छ। विशेष गरी परिवारसहित फिल्म हेर्नेको संख्या धेरै छ,’ उनले भने।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>