मनोरञ्जन

पहिलो पटक फिल्म ‘क्यामिनो’बाट प्रदीप र वर्षाको जोडी बाँधिदैँ

Banner

काठमाडौं, माघ २९-

प्रदीप खड्काको शीर्ष भूमिका हुने एड्भेन्चर ड्रामा ‘क्यामिनो’को नायिकामा वर्षा शिवाकोटी अनुबन्धित भएकी छन् । निर्माताले शिवाकोटीलाई अनुबन्धित गरेको हो ।

उनीसँग केही दिनअघि लिखित सम्झौता भएको जानकारी निर्देशक दीपक वलीले दिए । प्रदीपले पनि केही दिनअघि नै फिल्ममा आफू अनुबन्धित भएको औपचारिक पुष्टि गरेका थिए ।

फिल्ममा वर्षा र प्रदीपको अनस्क्रिन जोडी बाँधिनेछ । पहिलो पटक उनीहरुले स्क्रिन सेयर गर्न लागेका हुन् । फिल्मले दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदल अमेरिका प्रवेश गर्ने एक जोखिमपूर्णको यात्राको कथा पेश गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>