मनोरञ्जन

देवी घतीै र वसन्त थापाक स्वरमा ‘दरमखोला’ गीत सार्वजनिक

Banner

काठमाडौँ, माघ २८–

गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ ‘वसन्त थापा’ युट्युब च्यानमार्फत सार्वजनिक भएको छ ।

गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन् । सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन् । ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोक भाका हो ।

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् ।

दर्शकले उक्त गीतलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>