समाचार

साथीको नक्कली फेसबुक आइडी बनाएर केटासँग विभिन्न समस्या देखाई पैसा माग्ने युवती प्रकाउ

Banner

काठमाडौँ, माघ २५-

साथीको फेक फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी घर भई काठमाडौंको नयाँ बस्ती बस्ने २० वर्षीया युनिसा भन्ने स्वस्तिका श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले उनले अष्ट्रेलियामा रहेकी साथीको नाममा नक्कली फेसबुक आइडी बनाएकी थिइन्। उनीविरूद्ध अष्ट्रेलियामा रहेकी साथीले नै उजुरी गरेकी हुन्।

उनले उक्त आइडीको दुरूपयोग गरेर केटा साथीहरूसँग कुराकानी गरी विभिन्न समस्याहरू देखाउने गरेकी थिइन्। समस्या देखाएर उनले पैसा लिने गरेको पनि प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेकी युवती पनि अष्ट्रेलिया जाने तरखरमा थिइन्।

‘उनीहरू दुबै जना अष्ट्रेलियाको लागि तयारी गर्दा चिनेका साथीहरू हुन्। यिनको भिसा लागेन। साथीको लागेपछि अष्ट्रेलिया पुगिन्,’ उनले भने, ‘तर पछि उनीहरूबीच मनमुटाव बढेपछि यसो गर्न थालेको देखियो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>