बलिउड/हलिउड

नयाँ नेपाली चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’ मा नाजिर हुसेन र मल्लिका महत अनुबन्ध

Banner

चितवन, माघ २४–

दुई च्याप्टरमा निर्माण हुन लागेको चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् ।

चलचित्रको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो ।

चलचित्रले पोस्टर सार्वजनिक गर्दै चलचित्रमा उनीहरुको अभिनय रहने जानकारी गराएको छ । अघिल्लो महिना चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए ।

सौगात, नाजिर र मलिका पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका चलचित्रमा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । चलचित्रमा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् ।

सौरभ चौधरीको निर्देशनमा बन्ने चलचित्रको कथा उनी स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जानकारी प्राप्त छ । राजेश श्रेष्ठको काँधमा चलचित्र खिच्ने जिम्मेवारी छ ।

चलचित्रका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । चलचित्रमा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी वैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको चलचित्रको शीर्षक हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>