मनोरञ्जन

चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट रवीन्द्रले दिए राजीनामा

Banner

काठमाडौं, माघ २४-

अभिनेता तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जालमा राजीनामा पत्रसहितको जानकारी सार्वजनिक गर्दै उनले राजीनामा दिएको बताएका हुन्।

सल्लाहकार समितिले दिएका सुझाव कार्यान्वयन हुन नसकेको र केही महिनायता बोर्डबाट विवादित काम हुँदै आएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन् । ‘पद मात्र ओगटेर चुपचाप बस्नुपर्ने बाध्यतालाई त्याग्न चाहें,’ उनले लेखेका छन्, ‘साथै म कलाकार संघको अधिवेशनमा पनि खटिनुपर्ने भएकाले राजीनामा दिएको छु ।’

कसैसँग व्यक्तिगत मनमुटाव नभएको र पदको लोभ पनि नभएको उनले जनाएका छन् । उनको राजीनामा चलचित्र विकास बोर्डले माघ २० गते स्वीकृत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>