मनोरञ्जन

‘अगस्त्य’मा नाजिर हुसेन र मलिका महत अनुबन्धित, बैशाखदेखि छायांकन सुरु

Banner

काठमाडौं, माघ २३-

निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘अगस्त्यः च्याप्टर वान’को प्रमुख कलाकारमा नाजिर हुसेन र मलिका महत अनुबन्धित भएका छन् । निर्माताले सोमबार विज्ञप्ति जारी गर्दै थप कलाकार सार्वजनिक गरेका हुन् । तर, मुख्य चरित्रमा यसअघि नै सौगात मल्ल तय भैसकेका थिए ।

सस्पेन्स-थ्रीलर जानरामा बन्न लागेको फिल्मको छायांकन बैशाखदेखि सुरु हुनेछ । भारतको गोरखपुर, बनारस, नेपालको काठमाडौं र नवलपरासीमा फिल्म छायांकन हुने निर्देशक चौधरीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>