मनोरञ्जन

भर्खरै बिहे गरेकी राखी सावन्तको डिभोर्स हुँदैछ

Banner

काठमाडौं, माघ २०-

भारतीय अभिनेत्री तथा मोडल राखी सावन्तले केही समयअघि प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी थिइन्। सामाजिक सञ्जालमा विवाहको तस्बिर र भिडिओ बाहिरिँदा समेत आदिलले राखी आफ्नो श्रीमती भएको अस्वीकार गरेका थिए।

आदिलले आफूलाई अस्वीकार गरेपछि राखी रुँदै मिडियासामु आएकी थिइन्। राखी रोएको देखेपछि बलिउड अभिनेता सलमान खानले आदिलसँग फोनमा कुराकानी गरेका थिए।

सलमानसँग कुराकानी गरेपछि आदिलले उनीहरूको विवाह स्वीकार गरेका थिए। केही दिनअघि राखीको आमाको निधन भयो।

आमाको मृत्युले भावविह्वल बनेकी राखीको बैवाहिक जीवन राम्रो चलिरहेको छैन। उनीहरूको डिभोर्स हुन लागेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

राखी आफैंले सञ्चारमाध्यमसँग कुराकानी गर्दै उक्त जानकारी दिएकी हुन्। राखीका अनुसार आदिलको अफेयरकै कारण विवाहलाई अस्वीकार गरेका हुन्।

‘मिडियामार्फत आदिलकी प्रेमिकालाई चेतावनी दिन्छु। मेरो र आदिलको बीचमा आयौ भने नाम सार्वजनिक गरिदिन्छु। एक महिला अर्का महिलाको घर तोड्दै छौ। आदिल म अन्य महिलाको जस्तो चुप लागेर बस्दिनँ। यदि फर्किएर आउँछौ भने म केही भन्दिनँ,’ उनले भनिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>