बलिउड/हलिउड

फेब्रुअरी ६ मा विवाह गर्दै सिद्धार्थ र कियारा

Banner

काठमाडौं, माघ २०-
बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी ६ फेब्रुअरीमा विवाह गर्दैछन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले ६ फेब्रुअरीमा विवाह गर्न लागेका हुन्। उनीहरूको विवाह जैसलमेरको सूर्यगढ दरबारमा हुनेछ।

उनीहरूको विवाह समारोह ४ देखि ६ फेब्रुअरीसम्म हुनेछ। विवाह सम्पन्न भएपछि मुम्बईमा रिसेप्सन पार्टी आयोजना गरिनेछ।

उनीहरूको विवाहमा शाहरूख खान, शाहिद कपूर, उनकी पत्नी मीरा राजपूत, करण जोहर, मनिष मल्होत्रा, वरुण धवनसहित १०० जना पाहुना सहभागी हुनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>