बलिउड/हलिउड

कुरा नमिलेपछि यी कलाकारले छाडे ‘द कपिल शर्मा शो’

Banner

काठमाडौं, माघ १९-

भारतीय कमेडियन कपिल शर्माको चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’ को तेस्रो सिजन प्रसारण भइरहेको छ। कपिल र उनको टिमले शोमा आएका अतिथिलाई हँसाउदै आएका छन्। दर्शकहरूले पनि शोलाई निकै मन पराईरहेका छन् तर ‘द कपिल शर्मा शो’ बाट एउटा खबर बाहिरिएको छ।

भारतीय सञ्चारमाध्यम ईटाइम्सका अनुसार कृष्णा अभिषेक र चन्दन प्रभाकरपछि सिद्धार्थ सागरले पनि शो छाडेका छन्। सिद्धार्थले निर्मातासँग पारिश्रमिक बढाउन माग गरेका थिए। निर्माताले पारिश्रमिक नबढाएपछि उनले शो छाडेका हुन्।

‘द कपिल शर्मा शो’ को तेस्रो सिजनमा थुप्रै नयाँ कलाकारको सामेल भएका थिए। यीमध्ये एक सिद्धार्थ सागर पनि हुन्। उनी सेल्फी मौसी, उस्ताद घरचोरदार र फनवीर सिंह ९रणवीर सिंह० जस्ता थुप्रै भूमिकामा देखिँदै आएका थिए।

‘कपिल शर्मा शो’ अफर भएपछि उनी दिल्लीबाट मुम्बई सरेका थिए। उनी पुनः दिल्ली फर्किएका छन्।

यसअघि कृष्णा अभिषेक, चन्दन प्रभाकर, भारती सिंह, सुनिल ग्रोवर, अली असगरलगायत कलाकारले शो छाडिसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>