मनोरञ्जन
फिल्म फेस्टिभलमा ‘महापुरुष’ सहभागि नहुने
०

काठमाडौं, माघ १६
चलचित्र विकास बोर्डले युएईको दुबईमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘महापुरुष’ फिल्म देखाउने भन्दै प्रचार गरिएकोमा
निर्माताले आपत्ति जनाएका छन् ।
निर्माण कम्पनी षट्कोण आर्ट्सले सोमबार विज्ञप्ति जारी गर्दै आफूहरुलाई नसोधिकन र अनाधिकृत ढंगले फिल्म देखाउन लागिएको भन्दै प्रदर्शन गर्न अनुमति नदिने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘महापुरुष राखेर पोस्टर बनाइएकोमा हाम्रो आपत्ति छ । विवादित र अनावश्यक खर्चको कार्यक्रममा हाम्रो साथ, सहयोग र सहमति छैन । हामीले फिल्म नदिने निर्णय गरेका छौं ।’ सूर्य कर्पोरेसनसँग मिलेर ३० लाख रुपैयाँ खर्चमा गर्न लागिएको फेस्टिभलप्रति पनि ‘महापुरुष’ निर्माण कम्पनीले प्रश्न उठाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























