बलिउड/हलिउड

फिल्म ‘आओ ट्विस्ट करें’ मा डेब्यू गर्दै गोविन्दाका छोरा यशवर्धन

Banner

काठमाडौं, माघ ६-

बलिउड अभिनेता गोविन्दाका छोरा यशवर्धन अभिनयमा डेब्यू गर्दैछन्। फिल्म ‘आओ ट्विस्ट करें’ बाट उनले बलिउडमा डेब्यू गर्न लागेका हुन्। भारतीय सञ्चारमाध्यम ईटाइम्सका अनुसार यस फिल्मलाई गोविन्दाले निर्माण गर्नेछन्। फिल्ममा चर्चित कोरियोग्राफर गणेश आर्चायको छोरी सौन्दर्या आचार्यको पनि मुख्य भूमिका रहनेछ।

यस फिल्मका लागि यशवर्धन र सौन्दर्या अभिनय तालिम लिरहेका छन्। फिल्ममा गणेश आचार्य सह-निर्माताका रूपमा रहनेछन्।

फिल्मलाई कसले निर्देशन गर्ने भनेर खुलाइएको छैन। सन् २०२१ मा गोविन्दाकी श्रीमती सुनिता आहुजाले छोराको बलिउड डेब्यूलाई लिएर अन्तर्वार्ता दिएकी थिइन्।

‘यशवर्धनको डेब्यू लकडाउनको कारण ढिला भएको हो। हामीले उनको लन्चबारे केही फिल्मकर्मीसँग कुराकानी गरेका छौं। उनको लागि हामी राम्रो प्रोडक्सन हाउस र राम्रो कहानी खोज्दैछौं। उनी अहिले आफ्नो शरीर सुगठित गर्न, अभिनय सिक्न र नृत्य सिक्न व्यस्त छन्,’ उनले भनेकी थिइन्।

यशवर्धनले साजिद नाडियाडवालासँग सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्। उनले ढिशूम, किक २ र तडप जस्ता फिल्ममा काम गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>