बलिउड/हलिउड

सुनील शेट्टीकी छोरी अथिया क्रिकेटर केएल राहुलसँग विवाह गर्दै

Banner

काठमाडौं, माघ ५-

बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाहको खबरले चर्चामा छन्। उनीहरू २३ जनावरी अर्थात् माघ ९ गते विवाह गर्दैछन्। तर दुवैको परिवारबाट विवाहबारे कुनै प्रतिक्रिया आएको छैन।

भारतीय सञ्चारमाध्यम इटाम्सका अनुसार उनीहरूको विवाह सुनिल शेट्टीको खंडालास्थित बंगलामा हुन लागेको हो। दुवैको परिवारले विवाहको तयारी सुरू गरिसकेका छन्। विवाहको समारोह तीन दिनसम्म चल्नेछ। २१ र २२ तारिखमा हल्दी, मेहन्दी र संगीतको कार्यक्रम हुनेछ।

सुनिल र शेट्टी परिवार निकटका फिल्म उद्योगका सबैजसोलाई निम्तो दिइने पनि बताइएको छ। त्यस्तै केएल राहुल निकटका क्रिकेटरहरूलाई पनि बोलाइनेछ। सुनिलको रहर आफ्नी छोरीको बिहेमा सबैले रमाऊन् भन्ने छ। त्यसैले पनि यो विवाह भव्य गर्ने तयारी भइरहेको बताइएको छ।

अथिया र केएल विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। सुनिल र उनकी पत्नी माना शेट्टीका दुई सन्तान छन्– छोरी अथिया र छोरा आहान। अथिया पछिल्लो समय नवाजुद्दिन सिद्दिकीसँग फिल्म ‘मोतीचुर चकनाचुर’ मा देखिएकी थिइन्। उनले फिल्म ‘हीरो’ बाट डेब्यू गरेकी हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>