मनोरञ्जन

चार दिनअघि मात्र युट्युबमा रिलिज भएको गजल ‘के लत बस्यो मलाई’ चर्चामा

Banner

काठमाडौँ, माघ ४-

डा.प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको गजल ‘के लत बस्यो मलाई’ यतिबेला चर्चामा रहेको छ । सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज भएको हो ।

रेकर्डिङदेखि भिडियो निर्माणसम्म ५० हजार रुपैयाँ खर्चमा बनेको यो गीतको स्वर पनि निकै सुमधुर सुनिन्छ । काठमाडौंको सानो भर्‍याङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका तिलक सिंह पेलाको स्वरले प्रशंसा कमाइरहेको छ ।

टाइमलाइनमा यो गीतलाई अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले नै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>