समाज

यती एयरको विमान दुर्घटनापछि गायिका मेलिना राईले पोखराको कन्सर्ट रद्द गरिन्

Banner

काठमाडौं, माघ ३-

यती एयरको विमानमा ७२ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि गायिका मेलिना राईले पोखरा महोत्सवअन्तर्गत बिहीबार हुने कार्यक्रमलाई स्थगित गरेको जनाएकी छन् ।आफ्नो प्रतिष्ठा र भित्री आत्माले पोखरा पुगेर कार्यक्रम गर्न नदिएको उल्लेख गर्दै मेलिनाले पोखरा महोत्सवमा आफ्नो उपस्थितिलाई स्थगित गरेको बताएकी छन् ।

उनले उनले फेसबुक स्टाटस लेखिकि छिन्, ‘आज राति पोखरा महोत्सवमा मेरो उपस्थिति रद्द भएको घोषणा गर्दा म साँच्चै दुःखी छु । पोखरामा दुःखद् घटना घटेपछि मलाई त्यो कार्यक्रम गर्न साँच्चै गाह्रो छ । मेरो प्रतिष्ठा र भित्री आत्माले मलाई त्यसो गर्न दिएन । त्यसैले मैले कार्यक्रम छोड्नुपर्‍यो । म तपाईंहरु सबैप्रति माफी माग्न चाहन्छु । मैले कार्यक्रम रद्द गरेकी हुँ, आयोजकले होइन । मैले गरेको निर्णयको लागि आयोजक टोलीसँग माफी माग्न चाहन्छु । प्रिय पोखरा म अर्को पटक भेट्नेछु ।’

विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्याल र गिटारिस्ट निशान्त आचार्यको निधन भएको छ । नीराले सांगीतिक प्रस्तुति दिने छन्त्याल समाजको कार्यक्रम विमान दुर्घटनापछि रोकिएको छ । पोखराबाट सांगीतिक करिअर थालेका गायक तथा संगीतकार योगेशकाजीले पनि भावनात्मक कारणले कलाकारले तत्काल मनोरञ्जनात्मक कार्यक्रम गर्न असहज भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>