मनोरञ्जन

पल शाहलाई लिएर चलचित्र ‘ओ सजन’ बन्ने, बोर्डबाट अनुमति

Banner

काठमाडौं,माघ १-

जिल्ला कारागार तनहुँमा जेल सजाय भुक्तान गरिरहेका पल शाहलाई लिएर चलचित्र ‘ओ सजन’ बन्ने भएको छ । नवलपुर अदालतले साढे २ वर्षको कैद सजाय सुनाएका शाहलाई लिएर ‘ओ सजन’ निर्माण गर्न चलचित्र विकास बोर्डबाट अनुमति लिइएको छ ।

उनीसँगै कविता राय र आरएल लामा पनि अनुबन्ध भएको खबर सार्वजनिक भएका छन् । चलचित्र रायले नै निर्माण गर्न लागेको बुझिएको छ ।

यता तनहुँ जिल्ला अदालतको फैसला सुनाउन बाँकी रहेको छ । पलले भने उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । निर्माताले शाह जेलमा रहेको अवस्थामा नै उनलाई मुख्य भूमिकामा लिएर चलचित्र बनाउन अनुमति लिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>