Breaking News

सिधुवा आगलागी : ४ घर जले‚ आगो नियन्त्रण गर्न एउटा घर भत्काइयो

Banner

धनकुटा, पुस ३०–

धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा बजारमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीमा ४ घर जलेका छन् भने आगो नियन्त्रणका लागि एउटा घर भत्काइएको छ। स्थानीय होमबहादुर थापा, डम्बर थापा, झमक थापा, अर्जुन घिमिरेको घर जलेको हो।

आगो नियन्त्रण लिन स्थानीय सन्तोष राईको घर भत्काइएको छ। आगो बेलुका करिब ७ः४५ तिर झमक थापाको घरबाट शुरु भएको थियो।

शुक्रबार बेलुका लागेको आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको वडाअध्यक्ष दिपक गुरुङले बताए। आगो लागेदेखि नै नियन्त्रणको प्रयास गरिएको थियो। तर बजार क्षेत्रमा लागेको आगोले ग्यास सिलिन्डर पड्कँदा नियन्त्रणमा लिन मुस्किल परेको उनले बताए।

प्रहरी र स्थानीयको सक्रियतामा धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँश नगरपालिकाको वारुणयन्त्र ल्याएर आगो नियन्त्रणमा लिइएको वडाअध्यक्ष गुरुङले बताए। अहिले सुरक्षाकर्मी, स्थानीय र वारुणयन्त्रले आगो पूर्ण रुपमा नियन्त्रणमा लिएका छन्।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आइनसकेको र विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुलिनसकेको प्रहरीको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>