काठमाडौँ

बलिउड अभिनेत्री मलाइका अरोरादेखि स्वस्तिमा, उपासनासम्मले नेपालमा उत्पादित गहना र पहिरन लगाएर देखाए फेसनको जादू

Banner

काठमाडौं, पुस २९-

बलिउड अभिनेत्री तथा फेसन आइकन बलिउड अभिनेत्री मलाइका अरोरादेखि नेपाली अभिनेत्रीसम्मले काठमाडौमा आयोजित फेसन रनवेमा नेपालमा उत्पादित गहना र पहिरन लगाएर फेसनको जादू छरेका छन् । हिजो (बिहिबार) होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडलहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरे ।अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासना सिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले जेम्स एण्ड ज्वेलरी फेसन रनवे नापेका छन् । बिहीबार बेलुका याक एण्ड यति होटलमा आयोजित फेसन शोमा उनीहरुले नेपालमा उत्पादित गहना र पहिरन लगाएर फेसनको जादू छरे ।

स्वदेशी गहना आउलेटहरुले यी सेलिब्रिटीलाई आ–आफ्नो ब्राण्डको फेसन शो स्टपरको रुपमा प्रस्तुत गरेका थिए ।

तर फेसन रनवेको मुख्य शो स्टपरको रुपमा बलिउड फेसन आइकन मलाइका अरोरा थिइन् । छड्के तिलहरी र लेहेंगा लगाएर मलाइका रनवेमा प्रस्तुत भएकी थिइन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको तीनदिने एक्स्पोको पूर्वसन्ध्यामा फेसन शो आयोजना गरिएको थियो । एक्स्पो चाहिं शुक्रबारदेखि तीन दिनसम्म याक एण्ड यति होटलमा चल्दैछ ।

मलाइका अरोरा आजै बिहान मुम्बई फर्किएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>