Breaking News
५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट देखिँदै,नेपालबाट पनि हेर्न सकिने
०

काठमाडौं,पुस २९-
हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् ।
खगोलविद्हरूका अनुसार आजदेखि करिब एक महिनासम्म यो पुच्छ्रेतारालाई नेपालबाट हेर्न सकिनेछ । आजभन्दा ५० हजार वर्षपहिले पृथ्वीबाट सौर्यमण्डलमा देखिएको हरियो पुच्छेतारा नै फेरि पृथ्वीको नजिक आएको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























