भिडियो

चर्चित गीत ‘फूलैफूल दिन्छौ कि’को फिमेल भर्सन ट्रेन्डिङमा

Banner

काठमाडौं पुस २४-

आनन्द अधिकारीका शब्दमा आशिष अविरलले संगीत र एरेन्ज गरेको ‘फूलैफूल दिन्छौ कि’ गीतको फिमेल भर्सन पनि युट्युब ट्रेन्डिङमा आएको छ ।

यसअघि शिव परियारको स्वरमा रहेको यो गीतलाई अस्मिता अधिकारीको स्वरमा रेकर्ड गरेर म्युजिक भिडियो बनाइएको छ । दुई दिन अघिमात्र आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एक लाखभन्दा बढीले हेरिसकेका छन् ।

आशिषकै राग स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा सोनिका भण्डारी, प्रभात पल, सन्जय ढुंगाना, प्रतिक गौतम र सगुन तामाङको अभिनय छ । म्युजिक भिडियोको निर्देशन विकास प्रसाईंले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>