अन्तर्राष्ट्रिय

मलाइका अरोराले काठमाडौंमा हुने ज्वेलरी फेसन रनवे तताउने

Banner

काठमाडौं पुस २३-

बलिउड अभिनेत्री मलाइका अरोराले काठमाडौंमा हुने फेसन रनवेलाई तताउने भएकी छन् । नेपाली फ्यानले उनको फेसन स्टाइल र अन्दाजलाई नजिकबाटै देख्न पाउनेछन् । उसै पनि मलाइका बलिउडकी फेसन कन्सस सेलिब्रिटी हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् ।

तपाईंले सही पढ्नुभयो, पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने फेसन रनवेमा मलाइकाले फेसनको जादू छर्नेछिन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३ को शो स्टपरको रुपमा मलाइका काठमाडौं आउन लागेकी हुन् ।

उक्त शोमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ । मलाइका अरोरा बलिउड अभिनेता अर्जुन कपुरसँगको प्रेम सम्बन्धले यतिबेला चर्चामा छन् । सलमान खान स्टारर बलिउड फिल्म दबङको गीत ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’का कारण नेपालमा समेत मलाइका एकाएक चर्चामा आएकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>