मनोरञ्जन
शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा
०

काठमाडौं, पुस २०-
बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।
यतिबेला सामाजिक सञ्जालमा दुवैले पार्टी गरिरहेको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक एक तस्बिरमा आर्यन र अर्कामा नोरा देखिएकी छन्। दुवै तस्बिर उनीहरूको फ्यानले एकै ठाउँमा लिएका छन्।
उक्त तस्बिरको आधारमा फ्यानहरूले प्रेममा रहेको बताएका हुन्। यसबारे आर्यन र नोराले कुनै प्रतिक्रिया दिएका छैनन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















