Breaking News

चितवनमा महँगी बढेसँगै मासुको उत्पादन घट्यो

Banner

निरुता विक

चितवन, पुस १६–

चितवनमा मासुको उत्पादन घट्दै गएको छ ।

विगतका वर्षमा कोभिड–१९ र बढ्दो महँगीका कारण जिल्लामा मासुको उत्पादन घट्दै गएको हो ।

पछिल्लो तीन वर्षदेखि जिल्लामा खसी, बोका, भेडा, बंगुर, रागाको मासु उत्पादनमा क्रमश घट्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ चितवनका डा. रामचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा १७ हजार ८४६ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमा १३ हजार २१९ कुखुरा, एक हजार ४२३ खसी, १३ हाँस, दुई हजार ७३९ भैँसीको र भेडाको ११ मेट्रिक टन मासु उत्पादन भएको उनले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २६ हजार २६५ मेक्ट्रिक टन मासु उत्पादन भएको कार्यालयले जानकारी दिएको छ । जसमा २१ हजार ५६७ मेट्रिक टन कुखुरा, एक हजार ४१३ मेट्रिक टन खसी, १४ मेट्रिक टन हाँस, ११ मेट्रिक टन भेडा र दुई हजार ९३१ भैँसीको मेक्ट्रिक टन मासु उत्पादन भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ को असारसम्ममा २९ हजार ३७५ मेक्ट्रिक टन मासु उत्पादन भएको कार्यालयको तथ्याङकले देखाएको छ । जसमा २४ हजार ८४६ कुखुरा, एक हजार ४४१ खसी, १३ हाँस, दुई हजार ७३९ भैँसी र भेडाको ११ मेक्ट्रिक टन मासु उत्पादन भएको छ । चितवनमा सबैभन्दा बढी कुखुराको मासु उत्पादन हुँदै आएको छ । कुल मासुको उत्पादनमा कुखुराले मात्रै ७५ प्रतिशत ओगटेको छ । गत आर्थिक वर्ष जिल्लामा १३ हजार २१९ मेट्रिक टन कुखुराको मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २४ हजार ८४६ मेक्ट्रिक टन कुखुराको मासु उत्पादन भएको थियो ।

उनले भने,‘आज भन्दा आठ महिना अगाडि बर्डफ्लुका कारण साढे तीन लाख भन्दा बढी कुखुर नष्ट गर्नुपरेको थियो जसका कारण किसानले अहिले कुखुरा पाल्न छाडिसके ।’ उनले गत वर्षमा कोभिडका कारण कुखुरालाई खुवाउने दानामा महँगी बढ्न थाले पछि पनि कुखुरा व्यवसायीले कुखुरा पाल्न छाडेको बताए । उनले भने,‘कोभिड अगाडि कुखुरालाई खुवाउने दाना प्रति केजी ५० रुपैयाँ पर्दथ्यो भने कोभिड १९ संङक्रमण फैलिसके पछि प्रति केजी रु ८०÷८५ रुपैयाँ पर्न थाल्यो जसका कारण कुखुरापालन घट्दै गएको छ । अहिले चितवनमा उत्पादन भएको मासु जिल्ला बाहिर जाने गरेको उनले बताए । नेपाल कुखुरा व्यवसायी मञ्चको कार्यकारी अधिकृत शिवप्रसाद बरालले एउटा कुखुरामा १०० रुपैयाँ किसानले घाटा खाएको किसानले कुखुरा पाल्न छाडिसकेको बताए । चितवनमा दैनिक ६० हजार केजी मासु उत्पादन हुने उनले बताए । उनले भने, ‘ कुखुरा पालनमा आकर्षण घट्दै गएकोले चल्लाको मूल्य पनि घट्दै गएको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>