मनोरञ्जन

आर्यनको स्पष्टिकरण: बिराज र निखिल कसैसँग मेरो कुनै दुस्मनी छैन

Banner

काठमाडौं,पुस १५-

अभिनेता आर्यन सिग्देल आफ्नो दुस्मनी कसैसँग नभएको भन्दै स्पष्टिकरण दिएका छन् । केही दिनअघि युट्युबमा सार्वजनिक भएको सञ्जय गुप्ताको पोडकास्टमा आर्यनले विराज भट्ट जत्तिको नेचुलर एक्सन गर्ने हिरो नेपालमा अरु नभएको भन्ने अभिव्यक्तिले दिएपछि उनी आलोचत बनेका हुन् ।

आर्यनले निखिल उप्रेतीलाई बेवास्था गरेको भन्दै सामाजिक सञ्जालमा चर्को अलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका हुन् । साथै उनले आफूबाट केही गलत भएको भए क्षमा समेत मागेका छन् ।

आर्यनले विराज र निखिलसँग कुनै पनि दुस्मनी नभएको र दुवै नेपाली फिल्मको ‘एक्सन किङ’ रहेको बताएका छन् । आफूले विराज भट्टभन्दा निखिल उप्रेती ठूलो र निखिल उप्रेतीभन्दा विराज भट्ट ठूलो भन्न नखोजेको पनि उनले स्पष्ट पारेका छन् ।

हेर्नुुहोस् आर्यन सिग्देलको फेसबुक स्टाटस:

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>