देश/प्रदेश

नेपालमा स्टार्टअपको सम्भावना राम्रो छ,फेसन र युथलाई लिएर काम गर्न चाहन्छुः विवेक ओबराय

Banner

काठमाडौं, पुस १०-

सपरिवार नेपाल घुम्न आएका बलिउड अभिनेता विवेक ओबराय भारत फर्किएका छन् । दश दिन लामो नेपाल घुमघामपछि अभिनेता ओबराय भारत फर्किएका हुन् । स्वदेश फर्कनुअघि उनले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरे ।

सपरिवार नेपाल घुम्न आएका उनले काठमाडौं, पोखरा, घारेपानी, भैरहवा र लुम्बिनी भ्रमण गरे । पत्रकार सम्मेलनमा विवेकले भने, ‘मेरो सबै परिवारलाई नेपालसँग प्रेम भएको छ,’ ‘एउटै समयमा म विदेशमा पनि छु र आफ्नो देशमा पनि छु भन्ने प्यारो फिलिङ्स भयो ।’

नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिको प्रशंसा गर्दै उनले मुख्यतः तीन चीजले आफू नेपालप्रति आकर्षित भएको बताए । कलाकारको रुपमा आफूलाई नेपालीको व्यवहार मन परेको, बिहान उठ्नेबित्तिकै देखिने हिमाल सुन्दर लाग्ने र प्राचीन मन्दिरलाई सफा ढंगबाट जोगाएर राखिएको कुराले आकर्षित गरेको उनले बताए ।

‘म फेरि पनि परिवारलाई लिएर नेपाल घुम्न आउँछु,’ उनले भने । नेपालमा व्यवसायको सम्भावना औंल्याउँदै अभिनेता ओबरायले प्रशासनको मद्दत मिलेको खण्डमा स्टार्टअप, फेसन र युवासम्बन्धी बिजनेस गर्न आफू इच्छुक रहेको उनले बताए । उनले भने, ‘नेपालमा स्टार्टअपको राम्रो सम्भावना छ । म फेसन र युथको कुरालाई लिएर काम गर्न चाहन्छु,’ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>