शिक्षा

विद्यालय तथा स्वास्थ्य संस्था बन्द गरेर शिक्षक कर्मचारी आन्दोलनमा, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

Banner

धनुषा, पुस ९-

धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा स्वास्थ्यकर्मीहरू विद्यालय र स्वास्थ्य संस्था बन्द गरि आन्दोलनमा उत्रिएका छन्।

गत साउनदेखि तलब भत्ता नपाएको भन्दै नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय र स्वास्थ्य चौकीका शिक्षक कर्मचारीहरू विगत तीन सातादेखि नगरपालिका परिसरमा धर्ना बसेका छन्।

असार १० गतेभित्र सम्पन्न भइसक्नुपर्ने नगरपरिषद नहुँदा नगरपालिकाका शिक्षक, स्वास्थ्यकर्मीसहित झण्डै तीन सय कर्मचारीले तलब-भत्ता लगायतका सुविधा पाएका छैनन्। त्यस्तै शिक्षक तथा कर्मचारीको आन्दोलनले पालिकाभरका १६ वटा विद्यालय बन्द हुँदा करिब १० हजार विद्यार्थीको पठन पठनपाठन ठप्प छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>