समाज

मनकामना ग्रुपको २८औं वार्षिकोत्सवमा ५६ जनाले गरे रक्तदान

Banner

चितवन पुस ९–

मनकामना ग्रुपको २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भरतपुर स्थित आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा पुरुष ४९ र महिला ७ गरी ५६ जनाले रक्तदान गरेका छन् । कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर नेपाल रेड्क्रस सोसाइटी संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको बताएको छ ।

मनकामना ग्रुप अफ कम्पनिद्वारा आठ भन्दाबढि कम्पनिहरु संञ्चालित रहेका छन् । ग्रुप अन्तर्गत रहेका बिभिन्न कम्पनिका कर्मचारीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले सामाजिक उत्तरदायित्व ब्यवसायसंगै जोडिने हुँदा जिल्लामा देखिएको रगत अभावलाई कम गर्न सहयोग पुग्ने भएकै कारण कम्पनिले हरेक वर्ष कार्यक्रम आयोजना गर्दैै आएको बताए ।

मनकामना ग्रुपले २०५१ सालमा पहिलो उद्योगको रुपमा जस्मिन पेन्ट्स स्थापना गरेको थियो । ग्रुप अन्तर्गतका विभिन्न उद्योगमा चार सय जनाले रोजगार पाएका छन् । मनकामना ग्रुपबाट हाल जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट, एभोकाडो ईन्टरनेशनल, बिटुमिन सप्लायर्स, दरबार फूड्स लगायतका उद्योगहरु सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>