शिक्षा

सप्तगण्डकी हाजिरी जवाफ प्रतियोगितामा बिएड तेस्रो वर्ष प्रथम

Banner

चितवन, पुस ९–

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबार भएको हाजिरी जवाफ प्रतियोगितामा बिएड तेस्रो वर्ष प्रथम भएको छ । अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको प्रतियोगितामा ३९ टिमलाई पछि पार्दै बिएड प्रथम भएको हो ।

प्रतियोगितामा १४ अंक प्राप्त गरेर विजयी भएको बिएडले १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल र ट्रर्फी प्राप्त गरेको छ ।

त्यस्तै कक्षा १२ को कम्प्युटर साइन्सले १२ अंक ल्याएर द्धितिय भएको छ । द्धितिय भएको यस समूहले ६ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष महेश सापकोटाले नारायणी अनलाइनलाई जानकारी दिए ।

सापकोटाकाअनुसार १० अंकसहित तृतीय स्थानमा रहेको विआइसिटिइ तेस्रो सेमेस्टरले ४ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । कमिटिले प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरुलाई पनि प्रमाणपत्र दिएको छ ।

उनले भने, ‘नाम दर्ता गराएका ४२ टिम मध्ये ३९ टिम प्रतियोगितामा सहभागी थिए । ३० टिमलाई पछि पार्दै ९ टिम फाइनलमा प्रवेश गरेका थिए । फाइनलमा नौ टिमबीच प्रतिस्पर्धा गरेर हामीले प्रथम, द्वितीय, तृतीय छुट्याएका हौँ ।’

विद्यार्थीको बौद्धिक क्षमता वृद्धि गर्ने उद्देश्यले अनेरास्ववियु क्याम्पस कमिटीले पहिलो पटक विभिन्न संकायमा अध्ययनरत विद्यार्थीबीच गरेको प्रतियोगिता सफलतापूर्वक समपन्न भएको उनले बताए । प्रतियोगितामा विषयगत, क्याम्पसकोे बार तथा समयसामायीक राजनीतिक प्रश्न सोधिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>